जेष्ठ नागरिक भवनको उद्घाटन

  बैशाख २६, २०८०

तुलसीपुर वैशाख २६
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९मा निर्माण गरिएको जेष्ठ नागरिक भवनको उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले भवनको उद्घाटन गर्नुभएको हो । भवन निर्माणका लागि तुलसीपुर ९का निमप्रसाद न्यौपानेले ५ धुर जग्गा दान गर्नुभएको थियो ।
जेष्ठ नागरिक केन्द्र वडा नम्बर ९का अध्यक्ष पिमलाल डाँगीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले भवनलाई जेष्ठ नागरिक दिवा केन्द्रकारुपमा सञ्चालन गर्नका लागि आवश्यक थप भौतिक निर्माणमा सहयोग गर्ने बताउनुभयो । उहाँले जेष्ठ नागरिकका समस्या समाधानका लागि सदैव तयार रहेको बताउनुभयो । कार्यक्रममा निर्माण समितिका अध्यक्ष धना भुसालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको हो । कार्यक्रममा गिरीराज न्यौपाने,मुक्तिप्रसाद न्यौपाने,संगीत बश्याल, तुलसीपुर उपमहानगरपालिका बैठक व्यवस्थापन शाखाका प्रमुख झरेन्द्र खरेल लगायतका वक्ताहरुले जेष्ठनागरिकहरुका लागि मनोरञ्जन,अनुभव आदानप्रदान स्थलकारुपमा विकास गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन सचिव शालिकराम न्यौपानेले गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय