बालश्रम मुक्त वडा घोषणा

  बैशाख २७, २०८०

तुलसीपुर वैशाख २७
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६मा प्रारम्भिक सर्वेक्षणमा ३५ जना बालबालिकाहरु श्रममा रहेका ङथिए । तीमध्ये रहेकोमा ३० जना बालबालिकाहरुलाई तत्कालै परिवारमै पुर्नस्थापना गरिएको थियो । पाँच जना बालबालिकाहरुलाई ती बालबालिकाका परिवारलाई आर्थिकरुपमा सबल बनाउनका लागि जीविकोपार्जनका कार्यमा संलग्न गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६का वडाध्यक्ष शिवानन्द डाँगीले ती पाँच जना बालबालिकाहरुलाई अध्यययनका लागि आवश्यक सामग्री उपलब्ध गराएर विद्यालयमा भर्ना गरिएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १,२,६ र १८लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले पालिकालाई नै बालमैत्री घोषणाको तयारी गरिएको बताउनुभयो । बालमैत्री घोषणाका लागि ५१ सूचकमध्ये बालश्रम मुक्त एक सूचक रहेको छ ।
नगरप्रमुख टीकाराम खड्काले बालश्रम मुक्त वडा घोषणा गर्नुभएको हो । नगरप्रमुख टीकाराम खड्काले बाल शोषण,श्रम र हिंसा अपराध भएकाले सबैको सहयोग,सहकार्यबाट नै सभ्य समाज निर्माणका लागि बालमैत्री नगर घोषणाको तयारी अघि बढाइएको बताउनुभयो । उहाँले सम्पूर्ण बालबालिकाहरुलाई विद्यालयसम्म पु¥याउने वातावरण तयार गरिने बताउनुभयो । उपप्रमुख स्यानी चौधरीले शिक्षालाई अनिवार्य ,निशुल्क र सर्वसुलभ बनाउनका लागि सदैव तत्पर रहेको बताउनुभयो । ।कार्यक्रममा बालश्रम मुक्त वडा घोषणा गर्न सहयोग गर्ने सम्पूर्ण टोल विकास संस्था,विद्यालय,संघ संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय