जनताले देख्ने,छुने र छाम्ने स्थानीय सरकार ः प्याकुरेल

  जेठ ०४, २०८०


तुलसीपुर जेठ ४
मानवअधिकारकर्मी शुसील प्याकुरेलले स्थानीय सरकारले जनताले प्रत्यक्षरुपमा देख्ने,छाम्ने र छुन सक्ने सरकार भएको बताउनुभएको छ ।मानव अधिकार आयोगका संस्थापक समेत रहेका प्याकुरेलले कानुनले जनताका अधिकार कटौति गर्ने नभई अधिकार सुनिश्चिता गर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि कानुन तर्जुमा तथा कार्यान्वयन सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्याकुरेलले तीन तहका सरकारमध्ये जग बसाल्ने सरकार स्थानीय सरकार भएकाले समाज विकासमा महत्वपूर्ण योगदान रहने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्याकुरेलले स्थानीय तहलाई माध्यमिक तहसम्मको शिक्षाको अधिकार दिनु शिक्षाको जग बसाल्नका लागि नै भएको बताउनुभयो । उहाँले पछिल्लो समयमा युवा जनशक्ति वैदेशिक पलायन हुने र संघीयता माथिनै प्रश्न उठ्दा त्यसले सकारात्मक सन्देश दिन नसकिरहेको बताउनुभयो । मानवअधिकारकर्मी प्याकुरेलले गणतन्त्रका खम्बाकारुपमा स्थानीय तहका जनप्रतिनिधि भएकाले जनताका हरेक समस्या समाधानमा विशेष सक्रियतापूर्व लाग्नका लागि आग्रह गर्नुभयो ।
नगरप्रमुख टीकाराम खड्काको अध्यक्षता एवम मानवअधिकारकर्मी सुशील प्याकुरेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा निवर्तनमान नगरप्रमुख घनश्याम पाण्डेले पालिकामा संघीयता कार्यान्यनमा स्थानीय तहकै महत्वपूर्ण भूमिका रहने बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य सुशासन समितिका संयोजक धर्मराज वलीले गर्नुभएको थियो भने सञ्चालन नगर प्रवक्ता माधव वलीले गर्नुभएको थियो । प्रशिक्षकमा, मानवअधिकारकर्मी सुशील प्याकुरेल, संघीयता एवम योजनाविज्ञ खिमलाल देवकोटा, प्रमुख कोष नियन्त्रक शिवप्रसाद चौधरी रहनुभएको छ । प्रशिक्षण कार्यक्रममा वडाध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्य एवम कर्मचारीहरुको सहभागिता रहेको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय