नयाँपाइलाद्वारा मिलीजुलीलाई क्याप टोपी हस्तान्तरण

  जेठ १२, २०८०


तुलसीपुर जेठ १२
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा रहेको नयाँ पाइला पुर्नस्थापना केन्द्रले १८मा रहेको मिलीजुली सरसफाई समितिलाई समितिको नामांकित क्याप टोपी सहयोग गरेको छ ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक सुरेश भुसाल,सल्लाहकार सुनिलकुमार पोख्रेलले समितिका अध्यक्ष नविना केसीलाई ६० थान क्याप टोपी हस्तान्तरण गर्नुभएको थियो । समितिका अध्यक्ष नविना केसीको अध्यक्षता एवम गोविन्द पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शिवालय टोल विकास संस्थाका अध्यक्ष तिलक उपाध्याय,माल बिजौरी टोल विकास संस्थाका अध्यक्ष विदुर गौतम,दुम्दागाउँ भूह्यारथान सरसफाई उपसमितिका संयोजक रेश्मीराज खड्का लगायका वक्ताहरुले सरसफाई क्षेत्रमा उत्प्रेरणाका लागि सहयोग गरेको भन्दै आगामी दिनहरुमा समेत संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गर्नका लागि आग्रह गर्नुभयो । रामबहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शंकर आशिष आचार्यले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन डिल्ली केसीले गर्नुभएको थियो । सरसफाई समितिले बिजौरी शिवालय चोकदेखि शिवालय मन्दिरसम्म उपमहानगरपालिकाको समन्वयमा सडकबत्तीको व्यवस्थापन गरेको छ भने नियमितरुपमा सरसफाई कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय