नगरप्रमुखद्वारा गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त

  जेठ १५, २०८०

तुलसीपुर जेठ १५

तुलसीपुर उपमहानगररपालिकाका नगरप्रमुख टीकाराम खड्काले गणतन्त्र दिवस २०८० को उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नगरबासी लगायत नेपाली आमा बुवा,दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा नेपाली जनताको दशकौं लामो सङ्घर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको हो । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन नेपाल सरकारले प्रत्येक वर्ष जेष्ठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाउँदै आइरहेको तथ्य यहाँहरु सबैमा विदितै छ ।
यस अवसरमा सर्वप्रथम सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि आफ्नो ज्यानको आहुति दिने महान् शहीदहरुप्रति हार्दिक भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु । बेपत्ता, घाइते, अपाङ्ग व्यक्तिहरुमा उच्च सम्मान व्यक्त गर्दछु ।
देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने सन्दर्भमा राज्य पुनसंरचनाको महत्वपूर्ण आयाम स्थानीय तहको पुनःसंरचना हो । कानूनी, प्रशासनिक पूर्वाधारको उपयोग गर्दै गणतन्त्रलाई संस्थागत गरी आम नगरबासीको जीवनमा गुणस्तरीय परिवर्तन ल्याउनु हाम्रो आधारभूत कार्यभार हो । यसका लागि राजनीतिक अधिकार प्राप्तिपछि दिगो विकासको लक्ष्य हासिल गर्न सबै वर्ग, क्षेत्र, लिंग र जातजातिको समावेशी विकास प्रमुख लक्ष्य हुनुपर्दछ । सुशासन, आधुनिक बस्ती विकास, नैतिक, भौतिक र प्राविधिक शिक्षामा जोड, जनउत्तरदायी नेतृत्व र शासन प्रणाली हाम्रा प्राथमिकता हुन् ।
अन्त्यमा, गणतन्त्र दिवस २०८० को यस अवसरले हामी सबैलाई एकताबद्ध भई अगाडि बढ्न प्रेरित गरोस् भन्ने अपेक्षाका साथ देशभित्र र बाहिर रहेका सम्पूर्ण नगरबासी लगायत नेपाली आमाबुवा दिदीबहिनी तथा दाजुभाइहरुलाई पुनः हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय