विज्ञसहित किसानकै बारीमा मेयर

  जेठ २३, २०८०


तुलसीपुर जेठ २३
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का मंगलबार बिहान तुलसीपुर ११ मोतीपुर गाउँमा किसानले मकै खेती गरेकै ठाउँमा पुग्नुभयो । नगरप्रमुख खड्काले किसानकै बारीमा पुगेर मकैमा लागेको रोग किरा नियन्त्रण गर्नका लागि कृषि शाखाका प्रमुखलाई रोग नियन्त्रणका विषयमा बारीमै पुगेर जानकारी दिन आग्रह गर्नुभयो ।
कृषि शाखाका प्रमुख धनराज गौतमले मकैमा फौजी किराको प्रकोप बढ्न थालेको भन्दै तत्कालै औषधी छर्न किसानहरुलाई आग्रह गर्नुभयो । किसानहरुले प्रविधिको प्रयोग गरेर मकै खेती गरेका छन् । उनीहरुले लाइन बनाएर मकै रोपेका छन् । यसरी मकै रोप्दा हावा वारपार पास भएर बिरुवा बढ्न र उत्पादनमा समेत टेवा पुग्ने कृषि शाखा प्रमुख धनराज गौतमले बताउनुभयो ।
ग्रामीण महिला उत्थान केन्द्र दाङले जिल्लाका पाँच वटा पालिकामा किसानहरुलाई प्रविधि मैत्री तरिकाले खेतीपाति गर्नका लागि सहयोग,प्राविधिक ज्ञान दिदै आएको छ । यसै कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि तुलसीपुर उपमहागरपालिकाका नगर प्रमुख टिकाराम खड्काको संयोजकत्वमा पालिकास्तरीय ९ सदस्यीय परियोजना सल्लाहाकार समिति गठन गरिएको छ ।

केन्द्रले तुल्सीपुर ११ मोतिपुरमा किसानहरुलाई सुरक्षितरुपमा अन्न भण्डारणका लागि पिस ब्याग हस्तान्तरण गरेको थियो ।

यसैबीच फिल््ड अनुगमन तथा अवलोकन नगरप्रमुख टिकाराम खड्काले उपमहानगरले आर्थिक समृद्धिका लागि गर्दै आएको कार्यक्रममा संघ संस्थाहरुले पनि हातेमालो गरेकोमा धन्यवाद दिनुभएको थियो । यसैगरी पालिकासँग समन्वय गरेर गर्नसक्ने आर्थिक समृद्धिका अन्य कार्यक्रमहरु भएमा सदैब स्वागत गरिने भन्दै कृषकहरुको उत्थान र बजारीकरणका सवालमा संस्थाहरुले पनि सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । यसैगरी उपप्रमुख स्यानी चौधरीले कृषकहरुको उत्थान तथा आर्थिक समृद्धिका लागी पालिकास्तरिय तथा संघ संस्थाहरुले गर्दै आएको कामलाई एकिकृत प्रणालीबाट समुदायस्तरमा पुर्याउन सकेमा केही परिवर्तन देखिने भन्दै समन्वयका लागी संस्थालाई अनुरोध समेत गर्नुभएको थियो । अनुगमन कार्यक्रममा नगरप्रमुख टीकाराम खड्का,उपप्रमुख स्यानी चौधरी,प्रवक्ता माधव वली,वडा नम्बर ११का वडाध्यक्ष मानबहादुर रावत, प्रशासन शाखा प्रमुख विष्णुकुमारी आचार्य,कृषि शाखा प्रमुख धनराज गौतम,पशु शाखा प्रमुख डा मनोज वलीलगायतको सहभागीता रहेको थियो ।

रिपलान्ट परियोजनाका कार्यक्रम संयोजक एच।बि।थापाले स्वागत तथा कार्यक्रमको उद्देष्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण रिपलान्ट परियोजनाका सुपरभाईजर अर्बिन चौधरीले गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय