समग्र बिजौरी क्षेत्रको विकासका लागि हाम्रो उम्मेद्वारी

  असार ०५, २०८०


लोकतान्त्रिक प्यानलबाट बिजौरी उद्योग वाणिज्य संघका अध्यक्षका प्रत्यासी
बिजौरी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा लेखनाथ खत्री पुन्टले उम्मेद्वारी दिनुभएको छ ।उद्योग वाणिज्य संघको विभिन्न पदमा रहेर लामो अनुभव सम्हाल्नुभएका खत्रीसँग उहाँको उम्मेदवारीका विषयमा गरिएको कुराकानी सारसंक्षेपमा प्रस्तुत गरिएको छ ।
तपाईको उम्मेद्वारी अध्यक्ष पदमै किन ?
बिजौरी उद्योग वाणिज्य संघमा विभिन्न पदमा रहेर लामो समयसम्म अनुभव प्राप्त गरिसकेको छु । विगतमा समेत उपाध्यक्ष पदमा बसेर काम गरेको थिए । व्यवसायीहरुका हकहितका साथै यस क्षेत्रको समग्र विकासका लागि हाम्रो लोकतान्त्रिक प्यानलको उम्मेद्वारी रहेको छ । यस संस्थाको गरिमालाई अझ माथि उठाउनका लागि मेरो नेतृत्वले विशेष भूमिका निर्वाह गर्न सक्छ भन्ने लक्ष्य राखेर नै उम्मेद्वारी दिएका छौँ ।
निर्वाचनमा होमिदै गर्दा व्यवसायीक हक हितका लागि के कस्ता प्रतिबद्धता सार्नुभएको छ ?
हामीले व्यवसायीक हक हितका लागि अग्रसर रहदै ,बढ्दो आर्थिक संकटलाई मध्यनजर राख्दै घरधनी र व्यापारीबीच समन्वय,छलफल गरेर घर भाडा समायोजनामा गराउन, बिजौरी बजार क्षेत्रमा सरकारी क्षेत्रबाट निर्माण गरिएको व्यापारिक प्रयोजनका घरभाडा निकै महंगो भएकाले उचित भाडादर कायम गर्नका लागि विशेष पहल गराउन,व्यापारिक प्रवर्धनका लागि डिजिटलाइज्ड प्रविधिमा जोड्नका लागि हाम्रा प्रतिबद्ता रहेका छन् । त्यस्तै व्यवसायीहरुका लागि जुनसुकै समयमा पनि आपत् विपद् पर्न सक्छ, त्यस्तै कुनै ठुलो रोग लाग्न सक्छन् त्यसका लागि कोष व्यवस्थाप गर्न सकियो भने त्यसले निकै राहत दिन सक्छ । त्यस्तै संस्थागत विकासका लागि . उद्योग वाणिज्य संघको आफ्नै जग्गामा भवन निर्माण गर्न समेत हाम्रो उम्मेद्वारी रहेको छ ।

यस क्षेत्रको अन्य विकास सवालमा केकस्ता योजना अघि सार्नुभएको छ ?
उद्योग वाणिज्य संघ आफैले केही गर्न त सक्दैन तर योजना कार्यान्वयनका लागि दबाब सिर्जना पक्कै गर्न सक्छ । यस क्षेत्रको विकासमा महत्वपूर्ण फड्को मार्ने भनेको बिजौरी दहवन सडकखण्ड हो । यो जुन गतिमा बढ्नुपथ्र्यो बढेको छैन । यो सडक दाङ अझ बिजौरी क्षेत्रका लागि जीवन मार्ग नै भन्न रुचाउँछु । यो सडक बाह्रै महिना सञ्चालनमा आउन सक्यो भने मध्य दाङ अझ बिजौरी क्षेत्रको आर्थिक, शैक्षिक हरेक सवालमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । त्यस्तै यो सडकले त्यस क्षेत्रका जनताको हरेक क्षेत्रमा पहुँच पुगाउन पनि सक्छ ।

त्यस्तै बिजौरी,मानपुर,दुधरास,सक्राम,बासँगढी,हाडिमे,फचकलुवा क्षेत्रमा सौर्य विद्युत सडकबत्ती जडान गराउन,.बेलझुण्डी क्षेत्रमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि प्रक्रिया अघि बढेको र विश्वविद्यालयले जग्गा प्रदान गरिसकेको अवस्थामा रोकिएकाले यस क्षेत्रबाट दबाबका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको छ । अब हामी सधैँ अन्य क्षेत्रको चपेटामा बस्नु हुँदैन । जसका लागि जुन ठाउँ आवश्यक छ त्यही हुनुपर्छ । कुनै नेता विशेषका कारण अपायक क्षेत्र र कार्यालयका लागि आवश्यक जग्गा नै नभएको क्षेत्रमा त्यो कार्यालय स्थापना हुन सक्दैन । यो अवसर गुम्यो भने हाम्रो बिजौरी खण्डहर मानपुर जस्तै हुन्छ । बिजौरीको विगतभन्दा भविष्यका लागि समेत हाम्रो उमेद्वारी हो ।
अन्य के कस्ता योजनाहरु रहेका छन् ?
दुधरास,बिजौरी क्षेत्रमा सुरक्षाका लागि सिसिटिभिको व्यवस्थापन गर्न, दुधरास क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्न, ऐतिहासिक,धार्मिक,पर्यटकीयस्थल छिल्लीकोटका साथै बाँसगढी,शिवालय,दुधरास,हेमन्तापुर,बेलझुण्डी,स्थानगाउँमा रहेका मठ मन्दिहरुको विकास गराउनका लागि समेत हाम्रा योजनाहरु रहेका छन् ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय