यस क्षेत्रको समग्र विकासका लागि उम्मेद्वारी

  असार ०६, २०८०

यस क्षेत्रको समग्र विकासका लागि उम्मेद्वारी
बिजौरी उद्योग वाणिज्य संघको निर्वाचनमा महासचिव पदका प्रत्यासी हुनुहुन्छ दीपेन्द्र केसी‘दीपक’। लोकतान्त्रिक प्यानलबाट महासचिव पदमा उम्मेद्वारी दिनुभएका केसीसँग उहाँको उम्मेद्वारीका विषयमा गरिएको कुराकानीको सारसंक्षेप ।
तपाईको उम्मेद्वारी महासचिव पदमै किन ?
बिजौरी उद्योग वाणिज्य संघ जिल्लामा रहेका उद्योग वाणिज्य संघमध्ये कान्छो संस्थाकारुपमा रहेको छ । यस संस्थाको संस्थागत विकासका लागि मैले महासचिव पदमा उम्मेद्वारी दिएको छु । यस संस्थाको गरिमा बचाउनु पनि मेरो उम्मेद्वारी हो । आजसम्म मैले यस संस्थाको कुनै पजिन पदमा रहेर काम गर्ने अवसर प्राप्त गरेको छैन । अन्य संस्थाहरुमा काम गरे पनि उद्योग वाणिज्य संघ मेरा लागि नयाँ ठाउँ भएकाले यसको समग्र संस्थागत विकासका लागि महासचिवमा उम्मेद्वारी दिएको छु ।
के कस्ता योजनाहरु अघि सार्नुभएको छ ?
अब मेरो पद नै महासचिवमा भएकाले मैले सार्ने योजनाहरु संस्थागत विकासकै लागि हो । आज सूचना प्रविधिको युग हो तर पनि हामीले हरेक सूचना पु¥याउनका लागि घर घरमा कर्मचारी पठाइरहेका हुन्छौँ । अब त्यस्तो होइन हाम्रा व्यवसायीहरुलाई कुनै सूचना पु¥याउनु पर्ने अवस्था आयो भने हातमै रहेको मोबाइलमा पुग्नेछ । सरकारले हात हातमै सेवा पु¥याउने अवधारणा अघि बढाइसक्यो तर अझै हाम्रा जस्ता संस्थाहरुले त्यसलाई कार्यान्वयनमा ल्याउन सकिरहेका छैनौ । अब व्यवसायीहरुले उद्योग वाणिज्य संघमा व्यवसाय दर्ता गर्नका लागि झन्झटिला प्रक्रिया अपनाउनुपर्ने छैन । प्रविधिको उच्चतम प्रयोगबाटै समाधानको उपाय खोज्नका लागि समेत महासचिव पदमा विजयी बनाउनुहुनेछ भन्ने अपेक्षा लिएको छु । अन्य व्यवसायीहरुका समस्या रहेका छन् । घरभाडा समस्या,व्यवसाय प्रवर्धनका लागि समेत हाम्रो उम्मेद्वारी रहेको छ ।
समग्र यस क्षेत्रको विकासका लागि के कस्ता योजना अघि सार्नुभएको छ ?
यस क्षेत्रको समग्र विकासका लागि हामीले उम्मेद्वारी दिएका छौ । बिजौरीको ऐतिहासिकतालाई पुर्नजीवन दिनका लागि समेत उम्मेद्वारी हो ।
बिजौरी दहवन सडकखण्ड बाह्रै महिना सञ्चालनमा ल्याउनुपर्छ । त्यस्तै बिजौरी दहवन,बिजौरी जलकुन्ठी सडक जोड्न सकियो भने तीन जिल्ला जोड्ने रणनीतिक मार्गकारुपमा विकास हुनेछ । यसबाट यस क्षेत्रको समग्र विकासमा टेवा पुग्नेछ । त्यसका साथै हाम्रो यातायात व्यवस्था कार्यालय यसै क्षेत्रमा स्थापना गर्नुपर्छ । कार्यालय स्थापना गर्दा आजको दिनका लागि हेरेर होइन आजभन्दा ५० वर्ष पछिलाई समेत हेर्नुपर्छ । जुन कार्यालयका लागि तीन चार बिगाह जग्गा आवश्यक परिरहेको छ । सम्बन्धित कार्यालयले जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएको छ , अनि शक्ति नेताको पावरकै आधारमा एकै ठाउँमा करेसाबारी जस्तो ठाउँमा लगेर कार्यालय राख्नु लज्जाको विषय हो । यसको लागि हामी संघर्षै गरेर त्यो कार्यालय यस ठाउँम ल्याउनुपर्छ । त्यसका लागि समेत हामी विजयी हुनुपर्छ । होइन भने हामीले हिजोको मानपुर आज खण्डहर भएको छ त्यस्तै बिजौरी बनाउने परिकल्पना गर्नुहुँदैन । यसै क्षेत्रमा त्यस्ता कार्यालय स्थापना गराउनका लागि हाम्रो उम्म्दवारी हो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय