पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

  असार २६, २०८०


तुलसीपुर असार २६
तुलसीपुर उपमहानगरपालिकालाई सातौ पटक पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शर्माले खोप कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकताको कार्यक्रम भएको बताउनुभयो । उहाँले खोप कार्यक्रम नेपालमा स्वास्थ्य क्षेत्रको समुदायस्तरमा सबैभन्दा बढी प्रभावकारी कार्यक्रम रहेको बताउनुभयो । नगर प्रमुख टीकाराम खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले स्वास्थ्यकर्मी,नगरवासी,महिला स्वास्थ्यकर्मीहरुको सक्रियताकै कारण पालिकालाई सातोै पटकसम्म पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गर्न सफल भएको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाभित्र खोप केन्द्र ६० वटा रहेका छन् । जन्मेदेखि १५ महिनासम्मका बालबालिकाहरुको संख्या ३२९३ रहेको छ ।
कार्यक्रममा उपप्रमुख स्यानी चौधरी,राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपाने,जिल्ला स्वास्थ्य कार्यालयका किशोर आचार्य लगायतका वक्ताहरुले बोल्नुभएको हो । कार्यक्रममा स्वास्थ्य संस्था, वडा कार्यालयहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले नगरप्रमुख टीकाराम खड्कालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । स्वास्थ्य शाखाका प्रमुख ओम पि न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विमल केसीले गर्नुभएको हो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय