पर्यटकको आकर्षक केन्द्र बन्दै जलाशय

  असोज १०, २०८०

तुलसीपुर असोज १०
जैविक विविधता संरक्षण,माछापालन र सिचाई सुविधाका लागि निर्माण गरिएका जलाशय पछिल्लो समयमा पर्यापर्यटनको कन्दै बन्न थालेका छन् । जिल्लामा दाङ उपत्यका बृहत् सिचाई आयोजना,डिभिजन वन कार्यालय, सामुदायिक वनले दाङ उपत्यकाका घोराही,तुलसीपुर उपमहानगरपालिका,बबई,दंगीशरण, शान्तिनगर गाउँपालिकामा जलाशय निर्माण गरेका छन् ।

जलायशहरूमा पछिल्लो समय पर्यापर्यटनका केन्द्र बिन्दु बन्न थालेका छन् । जलाशयमा संघ,प्रदेश र स्थानीय सरकारले पर्यटकहरूका लागि ढुंगा खरिद गरेर सञ्चालनमा ल्याएका छन् । घोराही उपमहानगरपालिकाभित्र तीन दर्शन बढी जलायश निर्माण गरिएका छन् भने तुलसीपुर उपमहानगरपालिकाभित्र एक दर्जन बढी जलाशय निर्माण गरिएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले वडा नम्बर १,२ र १८ नम्बर वडामा निर्माण गरिएका जलाशयमा ढुंगा सञ्चालनका लागि आर्थिक वर्ष २०८०÷८१मा बजेट व्यवस्थापन गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले विगतमा पर्यटक आकर्षणका केन्द्र बिन्दु मठमन्दिर,पार्टी पौवा,गुप्फा,बन्दै गएकोमा पछिल्लो समयमा जलाशयतर्फ आकर्षण बढेको बताउनुहुन्छ । उहाँले जलाशयमा थप आकर्षक बढाउनका लागि सुरुवातिको चरणमा केही जलाशयमा ढुंगा सञ्चालनका लागि बजेटको व्यवस्थापन गरिएको बताउनुभयो । घोराही उपमहानगरपालिकाले समेत निर्माण गरिएका जलाशयमा पर्यटक आकर्षण गर्नका लागि ढुंगा सञ्चालनमा ल्याएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर २का वडाध्यक्ष भीमबहादुर योगीले भ्यूडहर सोनपुर सामुदायिक वनको पाँच बिगाह क्षेत्रफलमा जलाशय निर्माण गरिएसंगै पर्यटकहरु घुम्न,वनभोजका लागि आउने गरेको बताउनुभयो । त्यस्तै वडा नम्बर १८मा कात्तिके रानी सामुदायिक वनभित्र निर्माण गरिएको जलाशयमा दिनहुँ पर्यटक घुम्न,अवलोकन गर्न आउने गरेको स्थानीय खिमबहादुर डाँगीले बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय