सर्पदशं केन्द्र सञ्चालन गर्न तयार छौँः स्वास्थ्य मन्त्री खनाल

  असोज १७, २०८०

   

तुलसीपुर असोज १७
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले तुलसीपुर क्षेत्रमा सर्पदशं सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री खनालले सर्पदशं केन्द्र तत्कालै सञ्चालनका लागि उपमहानगरपालिकाकाले भवनको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
जिल्लाको पश्चिमी क्षेत्रमा सर्पदंशबाट अनाहकमा नागरिकको ज्यान गइरहेकाले तत्कालै सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति र सामग्रीको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालय तयार रहेको बताउनुभयो ।
छलफल कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले सर्पदंशका कारण समयमै उपचारका लागि सर्पदशं केन्द्र नहुँदा अनाहकमा मृत्यु भइरहेकाले तत्कालै जनशक्ति व्यवस्थापन गरे पालिकाले भवन उपलब्ध गराउन तयार रहेको बताउनुभयो । उहाँले तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको भीमसेन मेट्रो अस्पतालमा सर्पदशं केन्द्र सञ्चालनका लागि आवश्यक संरचना दिन तयार रहेको बताउनुभयो ।
छलफल कार्यक्रममा पूर्व सांसद गेहेन्द्र गिरी, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतलगायत हुनुहुन्थ्यो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय