शैक्षिक आन्दोलनले संघीयताको मर्म स्वीकार्नुपर्छ ः नगरप्रमुख खड्का

  कार्तिक ०२, २०८०

तुलसीपुर असोज २
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले शिक्षकहरूले थालेको आन्दोलनले संघीयता र संविधानको मर्मलाई स्वीकार गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन तुलसिपुर नगर समितिको आयोजनामा विजया दशमी,दीपावली,नेपाल संवत र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम बोल्दै उहाँले आन्दोलनका क्रममा संघीयता र संविधान मर्म विपरित आएका धारणाले शैक्षिक अवस्थालाई बलियो बनाउन नसक्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले शिक्षकका विषयमा बारेमा स्थानीय सरकारका तर्फबाट हरबखत सरसहयोग गर्न तत्पर रहेको बताउनुभयो । नगर समितिका अध्यक्ष होमराज डाँगीको अध्यक्षता एवं तुलसिपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमालेका दाङका अध्यक्ष हुकुम बस्नेत,नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका लुम्बिनी प्रदेस सचिव भागवत पौडेल,जिल््ला अध्यक्ष दामोदर बस्नेत,पेशागत महासंघ दाङका अध्यक्ष खिमबहादुर डाँगी,नेपाल शिक्षक महासङ्गका जिल््ला सचिव नवराज डाँगीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। सोही अवसरमा जिल्ला अन्तरपालिका अन्तर सरुवा भई आउनुभएका साथै नव प्रवेसी दर्जन बढी शिक्षक शिक्षकाहरुलाई स्वागत सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संगठनका उपाध्यक्ष प्रेम नेपालीले राख्नुभएको थियो भने सञ्चालन सचिव निर्मलकुमार वलीले गर्नुभएको हो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय