नयाँ पाइलामा भाइटीका

  कार्तिक २९, २०८०


तुलसीपुर कार्तिक २९
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा रहेको नयाँ पाइला पुनः स्थापना केन्द्रमा भाइटीका कार्यक्रम सम्पन्न भएको छ ।
पुर्न स्थापना केन्द्रमा रहेका उपचारार्थीहरुका दिदीबहिनीहरुले कार्यालयमै भाइटीका लगाउने कार्यक्रमको संस्थाले व्यवस्थापन गरेको निर्देशक सुरेश भुसालले जानकारी दिनुभयो । संस्थाले बडा दशै,भाइटीका,रक्षा बन्धन , चैते दशैँ, माघी जस्ता पर्वहरु कार्यालयमै मनाउने व्यवस्था गर्दै आएको छ । संस्थामा ४५ जना बढी उपचारार्थी रहेको संस्थाका निर्देशक भुसालले जानकारी दिनुभयो । दिदीबहिनीले दाजुभाइको सु स्वास्थ्य दीर्घजीवनको कामना गरेका थिए ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय