अधिकृतको बिहे गाईवस्तुलाई भोज

  मंसिर २१, २०८०


गोकर्ण पौडेल
तुलसीपुर मङ्सिर २१
शुसील खड्का सङ्खुवासभा चैनपुर नगरपालिकाका अधिकृत हुनुहुन्छ । तुलसीपुर उपमहानगरपालिका १८ अक्कासीमा घर भएका शुसील खड्का र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३का प्राप्ति कडेँलबीच मङ्सिर १८ गते हेटौडामा सामान्य तरिकाले बिहे सम्पन्न भयो ।
बिहेमा न जन्ती थिए न भोज नै थियो । खड्काले बिहेमा हुने फजुल खर्च कटौति गरेर आफ्नै गाउँ नजिक रहेको गौशालामा गाईवस्तुलाई परालको जोहो गरिदिनुभयो । आदित्यनाथ गौशालामा रहेका गाईवस्तुलाई चार टेक्टरको परालको व्यवस्था गरिदिनुभयो । खड्काका बुवा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्का, सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले गौशालाका अध्यक्ष भरतनाथ योगीलाई पराल हस्तान्तरण गर्नुभएको । गौशालाका अध्यक्ष भरतनाथ योगीले पराल प्राप्त गरेपछि १५ दिनका लागि गाईवस्तुलाई आहारा पुग्ने बताउनुभयो । उहाँका अनुसार गौशालामा तीन सय गाईवस्तु रहेका छन् ।
अधिकृत शुसील खड्काले गाउँ नजिकै रहेका गाईवस्तु केही खान नपाएर बिरामी परेको सुने अनि केही दिनका लागि आहारा होला भनेर परालको व्यवस्था ग¥यौँ । प्राप्ति कडेँलले समाज परिवर्तन आफैँबाट गरौँ भनेर फजुल खर्चलाई सामाजिक कार्यमा उपयोग गरेको बताउनुभयो । उहाँले युवा पुस्ता नै विवाहका नाममा भड्किलो र खर्चिलो कार्यमा लागेको भन्दै त्यस्तो कार्यलाई निरुत्साहित गर्नका लागि आफूहरुले उहाँको दम्पत्तीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ सक्रामकी क्यान्सर पीडित विष्णुकुमारी रावतलाई पाँच हजार र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३मा रहेको सरस्वती माध्यमिक विद्यालय दमारगाउँ कक्षा ३मा अध्ययरत अन्जन खड्का र कक्षा ९मा अध्ययरत आशा राणालाई एक वर्षका लागि पुग्ने शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय