वर्षौ पछि अधिकृतले शान्तिलाई दिए माइक

  पुष ०३, २०८०


तुलसीपुर पौष ३
चैनपुर नगरपालिका संखुवासभाका शान्ति कार्कीले वर्षौदेखि समाजमा सकारात्मक सन्देश फैलाउँदै आउनुभएको छ । सन्देश फैलाउनका लागि उहाँ नगरपालिकामा हाते माइक उपलब्ध गराउन दिनहु जाने गर्नुहुन्थ्यो तर बजेट छैन भन्दै फर्काइन्थ्यो । यो दृश्यले भर्खर्र लोक सेवा आयोग पास गरी चैनपुर नगरपालिका पुगेका अधिकृत शुसील खड्काको मनमा चस्का पसिरहन्थ्यो ।
खड्काले त्यो दिनको प्रतीक्षामा हुुनुहुन्थ्यो जुन दिन उहाँले धर्तीमा पाइला छोड्नुभयो । अधिकृत खड्काले जन्मदिनका अवसर पारेर पौष ३ गते वर्षौदेखि समाजमा सन्देश फैलाइरहेका शान्ति कार्कीलाई हाते माइक हस्तान्तरण गर्नुभएको छ । अब शान्तिलाई ठुलो स्वरमा आवाज निकाल्नु पर्नेछैन । हाते माइक पाएपछि शान्तिको मनमा शान्त फैलिएको छ । अधिकृत खड्काले समाजमा सकारात्मक सन्देश प्रवाहमा योगदान दिने व्यक्तिलाई थप उत्साह थर्पौ भन्ने ध्येय राखेर हाते माइक अस्तान्तरण गरेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ निवासी शुसील खड्काले जन्म दिनकै अवसर पारेर तुलसीपुर ६मा रहेको अपांग सुधार केन्द्रलाई समेत आर्थिक सहयोग गर्नुभएको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय