मानव सेवा आश्रमका लागि एक घर एक दान अभियान

  पुष ११, २०८०

  
तुलसीपुर पुस ११ 
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ र ४को सीमाना क्षेत्रमा निर्माण गर्न थालिएको मानव सेवा आश्रम भवनका लागि महायज्ञ आयोजना गर्न थालिएको छ । मानव सेवा आश्रम अहिले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६मा भाडाँमा सञ्चालन भइरहेको छ । मानव सेवा आश्रमका लागि निर्माण गरिने भवन एक पचास जनाको क्षमता भएको हुनेछ भने करिब दश करोड बढी बजेट आवश्यक पर्ने प्रारम्भिक सर्वेले देखाएको छ । 
तुलसीपुर उपमहानगरपालिकाका पुराना व्यवसायी डिल्लीबहादुर बस्नेतको संयोजकत्वमा आयोजक मूल समिति गठन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खड्काले मानव सेवा आश्रम सेवा भावनाको स्थल हुने भएकाले तीन तहका सरकार र व्यवसायी,पेशाकर्मी,संघ संस्थाहरुको सहयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले विगतमा तीर्थस्थलकारुपमा मठमन्दिर,नदीनाला हुँदै आएकोमा अब भने मानव सेवा आश्रमलाई तीर्थस्थलकारुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले एक घर एक दान अभियान सञ्चालन गरेर प्रदेशकै नमुना योग्य मानव सेवा आश्रम स्थल निर्माण गरिने बताउनुभयो । संयोजक डिल्लीबहादुर बस्नेतले सबैको सहयोग र साथले मानव सेवा आश्रमको भवन निर्माण गर्न सकिने बताउनुभयो । 

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय