खोलामा पुल बन्दै हट्ने भए किसानका दुःख

  पुष ११, २०८०

तुलसीपुर पुस ११
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ दमारगाउँका चन्द्रकान्त तिवारी वर्षायाममा खेत आएको बेला कहिलेकाही खेतमै रात बिताउनुपथ्र्यो । खोलादेखि पूर्वतर्फ घर भएका तिवारीलाई वर्षायाममा गहते खोलाको भेलले छेक्ने गथ्र्यो । गहते खोलामा पुल निर्माण सुरुभएसँगै अब भने चन्द्रकान्तजस्तै खोलाले छेकेर खेतमै किसानलाई बास बस्नुपर्ने छैन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३मा रहेको घर्तीगाउँ र विसमुरे जोड्ने सडकको गहते खोलामा पुल निर्माण हुन थालेको छ ।
पुल निर्माण हुन थालेपछि ७० वर्षिय किसान चन्द्रकान्त तिवारी खुसी हुनुहुन्छ । उहाँलाई पुल निर्माण भएसँगै खेतमा खनजोत गर्नका लागि घरबाट आवतजावत गर्न अप्ठ्यारो हुने छैन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३का वडाध्यक्ष वीरबहादुर विश्वकर्माले यस क्षेत्र कृषि उत्पादनको क्षेत्र भएको र अधिकांश किसानको घर एकातिर खेत खोलादेखि पश्चिमतर्फ भएकाले वर्षायाममा खेतीपाती गर्न जान निकै समस्या हुने गरेको बताउनुभयो । वडाध्यक्ष विश्वकर्माले त्यस क्षेत्रमा एक सय बिगाह बढी खेती योग्य जमिन भएको बताउनुभयो । उहाँले खोलामा विगतमा कल्र्भट निर्माण गरेपनि त्यसबाट किसानको खेतमा थप क्षति हुन थालेपछि पालिकामार्फत् मिनी पुलका लागि बजेट माग गरिएको बताउनुभयो । उहाँले दुई महिनाभित्रै मिनी पुल निर्माण भएर सञ्चालनमा आउने गरी कामको सुरुवात् भएको बताउनुभयो । पुल निर्माण भएसँगै आवत जावतमा समेत सुविधा हुने स्थानीय झरेन्द्र खरेलले बताउनुभयो । उहाँले यस क्षेत्र कृषि पकेट क्षेत्र भएकाले किसानहरुका लागि पुल निर्माणसँगै खेतबारीमा आवतजावतमा सहज हुने बताउनुभयो । गहते खोलामा पुल निर्माण भएसँगै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ र ९का स्थानीयबासिन्दासँगै सल्यानको त्रिवेणी गाउँपालिकासम्मको यात्रा सहज हुने भएको वडाध्यक्ष वीरबहादुर विश्वकर्माले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले आर्थिक वर्ष २०८०÷८१को बजेटमा गहते खोलाजस्तै आधा दर्जन बढी खोलामा मिनी पुल निर्माण सुरु गरिएको बताउनुभयो । उहाँले विद्यालय, विद्यार्थी,किसानका समस्यालाई आवतजावत गर्नका लागि सुविधा होस् भन्ने लक्ष्य राखी त्यस्ता मिनी पुल निर्माण सुरु गरिएको बताउनुभयो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय