खोलाको प्लास्टिकबाट बन्यो गमला

  पुष १७, २०८०


गोकर्ण पौडेल
तुलसीपुर पुस १७
खोलामा जथाभाबी फ्याकिएको प्लास्टिकबाट महिलाहरुले गमला बनाएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५का महिलाहरुले प्लास्टिकबाट गमला,बेन्च,कुर्सी बनाएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ प्रगतिनगरका शुसीला मगरले खोलामा जथाभाबीरुपपमा फालिएको प्लास्टिकबाट गमला निर्माण गरिएको बताउनुभयो । उहाँले प्लास्टिकबाट सामग्री तयार पार्दा वातावरण सफाका साथै फोहोेरबाट मोहर आम्दानी गर्न सकिने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाबाट मासिक २५ हजार केजी प्लास्टिकजन्य वस्तु कर्बाडमा निर्यात हुने गरेको छ ।
प्लास्टिकबाट विभिन्न सामग्री निर्माणमा अनुसन्धान गर्दै आएका किरण थापाले राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा नेपालमै पहिलो पटक प्लास्टिकबाट बेच्न,डेस्क,कुर्सी निर्माण गरिएको बताउनुभयो । उहाँले सानो मेसिनबाट प्रतिघण्टा ४० केजी कच्चा पदार्थ उत्पादन गर्न सकिने र एक घण्टामै ४० वटा साना गमला उत्पादन गर्न सकिने बताउनुभयो । उहाँले एउटा गमला बनाउनका लागि कच्चा पदार्थ,विद्युत,जनशक्तिसहित २० रुपियाँ लाग्ने र उक्त गमला ६० रुपियाँ बिक्री गर्न सकिने बताउनुभयो । थापाका अनुसार एउटा बेच्नको मूल्य १० हजार पाँच सयमा बिक्री हुँदै आएको छ भने १५ वर्षसम्म टिकाउन हुने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८मा पुष्प व्यवसाय गर्दै आउनुभएका बुद्धिराज पौडेलले मासिकरुपमा एक लाख बढीको गमला खपत हुँदै आएको बताउनुभयो । उहाँले यस क्षेत्रमा गमला निर्माण नभएकाले अन्यत्रबाट खरिद गर्दै पुष्प राखी बिक्री गर्दै आएको बताउनुभयो । प्लास्टिकबाट विभिन्न सामग्री निर्माणमा संयोजन गर्दै आउनुभएका बतास फाउन्डेशसनका संयोजकले उद्धव अवस्थीले करिब १८ लाख लगानी गरी वार्षिक ३० लाख बढी आम्दानी गर्न सकिने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले साझेदारीमा महिला समूहहरुलाई प्लास्टिकबाट कच्चा पदार्थ विभिन्न सामग्री निर्माणमा आवश्यक पर्ने मेसिन खरिद गरेर हस्तान्तरण गर्न सकिने बताउनुभयो । उहाँले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६मा औद्योगिक ग्राम निर्माणस्थलमा स्थान र भौतिक पूर्वाधार सहयोग गर्न सकिने बताउनुभयो । उहाँले प्लास्टिकजन्य वस्तु जथाभावी फाल्दा तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ६,१०,१२,११का किसानको खेतबारीमा जाँदा उत्पादनमा समेत समस्या आएकाले प्लास्टिकको पुन ः प्रयोगले वातावरण सफाका साथै आय आर्जनमा जोड्नका लागि सहयोग पुग्ने बताउनुभयो ।


सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय