भूकम्पले भत्किएका घर टहरा बनाउनेलाई एमालेद्वारा सम्मान

  पुष २६, २०८०


गोकर्ण पौडेल
तुलसीपुर पौष २६
नेकपा एमाले जिल्ला कमिटी दाङले रुकुम पश्चिममा भूकम्पले भत्काएका घर टहरा बनाएर फर्किएका कार्यकर्तालाई सम्मान गरेको छ । नेकपा एमाललेका महासचिव शंकर पोख्रेलले घोराहीमा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सम्मान गर्नुभएको हो ।

नेकपा एमाले जिल्ला कमिटी दाङले पश्चिम रुकुममा भूकम्पले भत्किएका घर टहरा निर्माणका लागि २५ जना खटाएको थियो । नेकपा एमाले जिल्ला कमिटिका सचिव मनोहर बुढाथोकीका अनुसार टोलीमा १८ वर्षदेखि ६४ वर्षसम्मका कार्यकर्तालाई घर टहरा निर्माणमा पठाएको थियो । टोलीले १५ दिनसम्म ३६ वटा घरटहरा निर्माण गरेको थियो । निर्माणस्थलमा पुगेका टोलीलाई खाना बस्न र निर्माणका लागि आवश्यक सामग्रीको व्यवस्थापन जिल्ला कमिटी दाङले गरेका आर्थिक विभाग प्रमुख खिमबहादुर वलीले बताउनुभयो । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सम्मान गर्दै दुःख र कठीन अवस्थामा सहयोग पु¥याएको भन्दै टोलीका सम्पूर्ण कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको हो ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय