जनतामाझ देखिएको निराशा हटाऔँ ः महासचिव पोख्रेल

  पुष २६, २०८०


गोकर्ण पौडेल
तुलसीपुर पौष २६
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले जनतमाझ बढ्दै गएको निराशालाई हटाउने गतिविधि सञ्चालन गर्नका लागि आग्रह गर्नुभएको छ ।
नेकपा एमाले जिल्ला कमिटी दाङले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण उद्घाटन गर्दै महासचिव पोख्रेलले युवापुस्तामा देखिएको निराशाले वैदेशिक पलायन हुनेको सङ्ख्या बढ्दै गएको भन्दै त्यसलाई रोक्नका लागि देशमै केही गरौँ भन्ने सन्देश प्रवाह गर्नका लागि कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले गतवर्ष मात्रै अध्ययन र रोजगारीका लागि साढे सात लाख वैदेशिक यात्रामा पुगेको भन्दै सम्पूर्ण राजनीतिक दल,राज्यनै लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले नेकपा एमालले सुरु गरेको मध्य पहाडको विकास र समृद्घिको यात्रा सफल भएको बताउनुभयो । उहाँले यात्राबाट त्यस क्षेत्रको व्यवसायको बजारीकरणमा विशेष सहयोग पुगेको बताउनुभयो । महासचिव पोख्रेलले प्रतिपक्षलाई प्रधानमन्त्रीले विदेश भ्रमणमा गरिएका सम्झौताका विषयमा कुनै जानकारी नदिनु गलत भएको बताउनुभयो ।
नेकपा एमाले दाङ कमिटीका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षतामा सुरु भएको प्रशिक्षण कार्यक्रममा जिल्लामा रहेका प्रदेश कमिटी,जिल्ला कमिटिका सदस्य र पालिका कमिटीका अध्यक्षको सहभागिता रहेको छ ।

सम्बन्धित शीर्षकहरु


तपाईको प्रतिक्रिया

लोकप्रिय