आज विश्व हात धुने दिवस

  October 15, 2022

काठमाडौ, २९ असोज । आज विश्व हात धुने दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘हातको स्वच्छताका लागि विश्वव्यापी ऐक्यबद्धता’नाराका साथ यो दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्र सघंको आह्वानमा सन् २००८ अक्टोबर १५ देखि यो दिवस मनाउन सुरु गरिएको हो । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनुभएको छ । कोभिड–१९ प्रकोप अझै रहेकाले तीनै तहका सरकार, विभिन्न सामाजिक संस्था र निजी क्षेत्रले सञ्चालन गरिरहेको हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रपति भण्डारीलेसाबुनपानीले हात धुँदा श्वासप्रश्वासजन्य रोग एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, जीवाणु एवं विषाणुद्वारा लाग्ने रोगबाट बच्न सकिने बताउनुभएको छ ।उहाँले सबै नेपालीले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन पनि आह्वान गर्नुभएको छ ।

Comments