January 29, 2023

वडास्तरबाटै खेलाडी उत्पादन र प्रोत्साहन ः नगरप्रमुख खड्का
तुलसीपुर माघ १५
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले वडास्तरमा आयोजना गरिने खेलकुदका गतिविधिबाटै खेलाडी उत्पादन र प्रोत्साहनमा सहयोग पुग्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ले आयोजना गरेको डम्बर बहादुर न्यौपाने स्मृति वडाकप फुटबल प्रतियोगिताकोे उद्घाटनका गर्दै उहाँले खेल र खेलाडीको विकासमा टेवा पुगाउने उद्देश्यले मेयर कप आयोजना गर्न थालिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले वडा नम्बर १३का पूर्ववडाध्यक्ष डम्बरबहादुर न्यौपानेले समग्र वडाको विकासमा महत्वपूर्ण योगदान पुयाएको बताउनुभयो । नगरप्रमुख खड्काले एक वडा एक खेल मैदानको अभियानकै क्रममा रहेकोल मैदानको संरक्षणका साथै स्तरोन्नति गर्दै लैजाने बताउनुभयो ।
वडा नम्बर १३का वडाध्यक्ष मोहन पौडेललको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा तुलसीपुर नगर य परिषद्का उपाध्यक्ष रवीन्द्र डाँगीले युवाहरुलाई अनुशासित र स्वस्थ तुल्याउनका लागि खेल अनिवार्य रहेको बताउनुभयो । उहाँले युवाहरुसंगको समन्वय सहकार्यमा युवाका गतिविधि अघि बढाइने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसको गणेश खड्का,नेकपा एमालेका वैकुन्ठ सुवेदी,तुलसी गौशालाका उपाध्यक्ष हरि पौडेल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।खेलमा १२ वटा टीमको सहभागिता रहेको छ

Comments