जुरपनिया मैनताराको पद हस्तान्तरण सम्पन्न
गर्मी बढ्यो उपभोक्तालाई सहज पानी वितरण गर्नुस् ः नगरप्रमुख

  February 26, 2023

   

तुलसीपुर फागुन १४
जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक रामबहादुर वलीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा पदहस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख टीकाराम खड्काले गर्मी बढ्संगै पानीका मुहान सुक्दै गएकाले नव निर्वाचित समितिले उपभोक्ताहरुलाई पानीका स्रोत थप्दै सहजरुपमा पानी वितरण गर्नका लागि आग्रह गर्नुभएको हो । उहाँले यस क्षेत्रमा पानी वितरणका लागि पानी शुद्धीकण गर्नका लागि संरचना तयार गर्नका लागि निर्देशन दिनुभएको हो । नगरप्रमुख खड्काले समितिले पानी वितरणमा योजनाहरु ल्याए बजेटको सुनिश्चिता गरिने बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८का वडा सदस्य धनबहादुर बस्नेत , समितिका पूर्व अध्यक्ष शेरबहादुर खड्का, माओवादी केन्द्र वडा नम्बर १८का अध्यक्ष लोकबहादुर बहकरी,निर्वाचित अध्यक्ष रामकुमार डाँगीले मन्तव्य व्यक्त गर्नुभएको हो । रामकुमार डाँगीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमतिमा चयन भएको हो । समितिको उपाध्यक्षमा शेषमणि कुवर,सचिवमा दामोदर बस्नेत(राकेश),कोषाध्यक्षमा यामबहादुर केसी चयन हुनुभएको हो । सदस्यहरुमा रेणु डाँगी,कमला शर्मा,टोपबहादुर वली क्षत्री,विशेषण वली,वीरबहादुर नेपाली,रेवतीप्रसाद बस्नेत र छवि घर्ती रहनुभएको छ ।
कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य सूर्यबहादुर बस्नेतले गर्नुभएको हो ।

Comments